Logo

प्रचण्डलाई तह लगाउन विप्लवसँग वार्ता गरिएको होईन : डा. राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले आफूहरुले देशको हितलाई केन्द्रमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग सहमति गरेको स्पष्ट पारेका छन् । उनले आफूहरुले क्षणिक लाभ हेरेर विप्लवसँग वार्ता नगरेको पनि जिकिर गरे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । विप्लव तुरुन्तै सरकारमा जाने वा आफ्नो पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला भएकोमा उनले त्यस्तो सहमति नभएको जिकिर गरे । तर, राजनीति भनेको सम्भावनाको खेल भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्