Logo

बहुमत सांसदहरुको हस्ताक्षरसहित दाहाल–नेपालले भेटे सभामुख सापकोटालाई



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसहित बहुमत सांसदहरुले शुक्रबार दलको नेतामा प्रचण्डलाई चयन गरेको निर्णय समेत सभामुखलाई जानकारी गराएका छन् ।

उनीहरुले सांसदहरुको हस्ताक्षरसमेत बुझाएका छन् । उक्त समूहको शुक्रबार बसेको संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित रहेको दाबी गरिएको छ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । File Photo



प्रतिक्रिया दिनुहोस्