Logo

लागूऔषध सहित दुई पक्राउ



काठमाडौं, २३ फागुन । अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल डाइजेपाम, ३५ एम्पुल लुपिजेसिक र ३५ एम्पुल फेनारगन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हा ।

पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका–३ बस्ने २३ वर्षीय सुजित चौधरी र सप्तरी खडक नगरपालिका–१ बस्ने २२ वर्षीय महेश कुमार चौधरी रहेका छन् । लु.५१ प ७११३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक सुजित र मोटरसाइकलमा सवार महेशलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्