Logo

ब्राउनसुगर सहित पक्राउ



काठमाडौं, २३ फागुन । ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–८ सगरमाथा चोक नजिकबाट ४ ग्राम ३६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश राजबंशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा दिनेशलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्