Logo

एमाले र माओवादी केन्द्र ब्युँतिए



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो ।

सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

यो फैसलालाई आधार मान्दा अब नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । सुर्य चिन्ह एमालेकै भएको छ भने माओवादी केन्द्रको हसियाँ हथौडा गोलाकारभित्र नै हुने देखिएको छ ।

नेकपा एमाले ब्युँतिएको अवस्थामा सुर्य चिन्ह केपी शर्मा ओलीको पक्षमा जाने देखिएको छ । उनी तत्कालिन नेकपा एमालेका अध्यक्ष थिए । एमालेले सुर्य चिन्ह लिएर चुनाव लडेको थियो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको फैसलाको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्