Logo

सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई अनपेक्षितको संज्ञा दिएका छन् । सिंहदरबारस्थित् संसद् सचिवालय परिसरमा मिडियाकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले यस्तो बताएका हुन् ।

उनले भने–‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’ न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई नै आधिकारिकता दिएको हो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्