Logo

अब माधव नेपाल र झलनाथ खनाल कता ?



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा खोसिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । अब नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लडेकाहरु पुरानै अवस्थामा रहनुपर्ने भएको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र कि त एकीकरण प्रक्रियामा जानुपर्नेछ कि त पुरानै अवस्थामा फर्कनुपर्नेछ । पुरानै अवस्थामा फर्किएमा सुर्य चिन्ह र गोलाकारभित्रको हँसिया हथौडा चिन्ह लिएर चुनाव लडेकाहरु अब पुरानै अवस्थामा रहेको मानिनेछ ।

अहिले दाहाल नेपाल पक्षमा पुगेकामध्ये माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेबाट चुनाव लडेकाहरु छन् । अब उनीहरु अहिलेको अवस्थामा एमाले सांसदहरु रहेको मानिनेछ । भीम रावल, सुरेन्द्र पाण्डेलगायत सांसदहरु पनि एमालेको मानिनेछन् ।

यसैगरी, प्रचण्ड समूह छाडेर ओली समूहमा गएका लेखराज भट्ट, टोपबहादुर रायमाझी र प्रभु शाह पनि माओवादी केन्द्रको भएको मानिनेछ ।



प्रतिक्रिया दिनुहोस्