Logo

सर्वोत्तम सिमेन्टको ४० करोडको आईपीओ निष्कासन हुँदै



काठमाडौं, २३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई शेयर विक्रि तथा निष्कासन गर्ने भएको छ । कम्पनीले बुक विल्डिङमार्फत सर्वसाधारण लगानीकर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कम मुल्यमा शेयर बिक्रि गर्न लागेको जनाएको छ ।

कम्पनीको अनुसार ७ सय ५० रुपैयाँ सस्थागत लगानीकर्ताको लागि र सर्वसाधारणको लागि १० प्रतिशत कम ६ सय ७५ रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो । ४ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले ४० करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्ने व्यवस्था गरेपनि सर्वसाधारणले कम्तीमा पनि ५० कित्ता शेयर पाउने सम्भावना रहेको छ । कसल चुक्तापुँजीको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्