Logo

अदालतको फैसला हामी मान्छौं, पूर्णपाठ पढ्न बाँकी छ : प्रधानमन्त्री ओली



काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । संसद् भवनमा मिडियाकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यद्धपी उनले आफूले फैसलाको पूर्णपाठ पढिसकेपछि थप प्रतिक्रिया दिने बताएका छन् । सर्वोच्च अदालतले ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएको छ ।



प्रतिक्रिया दिनुहोस्