Logo

पेस्तोल सहित प्रभु साह पक्राउ



सप्तरी, २३ फागुन । कटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । राजबिराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्