Logo

काँग्रेस र जसपाद्वारा संसदमा नारावाजी, सभामुखले गरे बैठक स्थगित



काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेश गरिरहँदा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले नारावाजी गरेका थिए ।

श्रेष्ठले अध्यादेश पेश गरी पढिरहँदा काँग्रेस र जसपा सांसदहरु अगाडि आएर नारावाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेको सुचना सुनाए ।

यसअघि प्रचण्ड माधव समूहका सांसदले बैठक बहिष्कार गरेका थिए । आजको बैठकको शुरु देखि नै चर्काचर्कीको अवस्था देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्