Logo

राष्ट्रवादी केन्द्र नेपालको शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ दिन आग्रह



काठमाडौं, २३ फागुन । राष्ट्रवादी केन्द्र नेपालले शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ दिन सम्पुर्ण राष्ट्रवादी, धर्म–संस्कृति सस्कृति पक्षधर संघ–संगठनहरु, राष्ट्रिय उद्यमी व्यवसायीहरु तथा आम जनसमुदायहरुलाई आग्रह गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरेर सरकारविरुद्व केन्द्रले शान्तिपुर्ण अवज्ञाका कार्यक्रमहरुलाई साथ दिन आग्रह गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द्र बहादुर थापाले बोन, शाक्त, शैव, शाङ्ख्य, ब्रहम÷वैदिक, बौद्ध, जैन र प्रकृतिपूजक धर्मदर्शनले सिञ्चित पवित्र भूमी नेपाल भएको बताए । उनले सरकार र व्यवस्थाका त्रुटिहरु, बेथिति, अन्याय, अत्याचार, भ्रष्ट्राचार र राष्ट्रघातको बिरुद्धमा जनस्तरबाट सुरुवात गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रवादी संघका प्रमुख माधव खत्रीले नेपालको समग्र प्रणालीलाई माटो सुहाउँदो बनाउने लक्ष्य पुरा नहुन्जेल संगठनले आजैदेखि शान्तिपूर्ण भद्र अवज्ञाका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष गरे । उनले जनताको हितको लागि शान्तिपूर्ण अवज्ञाका कार्यक्रमहरुलाई केन्द्र देखि स्थानीय तह सम्म साथ दिन आग्रह गरे ।

राष्ट्रवादी नेवा सञ्जालका उपप्रमुख साधुराम महर्जनले जनताको जनजीविका, धर्म संस्कृतिको संरक्षण, राष्ट्रिय पुँजी लगानीको पक्षमा सरकारले ध्यान नदिएको बताए । उनले राष्ट्र, राष्ट्रियता, वैदिक सनातन धर्म संस्कृति, जनजिविका र राष्ट्रिय पूँजी/लगानीको पक्षमा केन्द्र नेपालले विगत ५ बर्ष देखी संघर्ष गर्दै आइरहेको जानकारी दिए ।

राष्ट्रवादी गुठी विभाग प्रमुख केदारमान राज भण्डारीले सम्पुर्ण राष्ट्रवादी, धर्म संस्कृति पक्षधर संघ–संगठनहरु, राष्ट्रिय उद्यमी व्यवसायीहरु तथा आम जनसमुदायहरुलाई केन्द्रको शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ दिन सबैलाई आग्रह गरे ।

राष्ट्रवादी चिन्तन समुहका प्रमुख डा.अमोद तामाङले फागुन २१ गते काठमाडौं लगायत देशभरका शहरहरुमा भएको बृहत कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेे सम्पूर्णलाई धन्यवाद दिए ।

कार्यक्रममा शिक्षण विभागका प्रमुख कर्ण बहादुर शाहीले धर्म र सस्कृतिले समाजको, समाजले राजनितिको, राजनितिले प्रणालीको निर्माण गर्ने हो भन्दै हाम्रो देशको राजनितिक प्रणालीमा माथिका मौलिक दर्शन तथा धर्मसंस्कृतिहरुलाई बिमुख बनाइएको आरोप लगाए ।
कार्यक्रममा बालकुमारी श्रेष्ठ विकास श्रेष्ठ,अर्जुन पौडेल लगायतको उपस्थिति थियो ।

 



प्रतिक्रिया दिनुहोस्