Logo

ऋषि कट्टेललाई मुद्दा फिर्ता गर्न प्रचण्ड-माधव समूहबाट हार गुहार गरिएको थियो (भिडियोसहित)



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई सर्वोच्च अदालतमा उनले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा फिर्ता गर्न हार गुहार गरिएको थियो । उनले त्यसको खुलासा ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा खुलासा गरेका थिए ।

कट्टेलले धमलासँगको अन्तवार्तामा आफूलाई प्रचण्ड र माधवकुमार नेपालका तर्फबाट देव गुरुङले भेटेर मुद्दा फिर्ता गर्न आग्रह गरेको खुलासा गरेका थिए । ‘प्रचण्ड र माधवकुमार नेपालका तर्फबाट देव गुरुङ आएर मुद्दा फिर्ता गर्नुपर्यो, मुद्दा हारियो भने हामीलाई ठुलो नोक्शान पर्छ भने ।’

तर, कट्टेलले मुद्दा फिर्ता लिन नमानेको सुनाए । उनले भने,‘कुनै हालतमा मुद्दा फिर्ता लिन सकिदैन भनेर हिडेँ ।’

कट्टेलले गुरुङले केपी शर्मा ओलीभन्दा आफूहरु तुलनात्मक रुपमा पूँजीवादी प्रजातान्त्रिक भएको समेत भनेको सुनाएका थिए ।

नभन्दै आज सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला सुनाए । यो फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको छ । यसले नेकपाको विधिवत् विभाजन भएको छ ।



प्रतिक्रिया दिनुहोस्