Logo

क्लासिकटेकको आउटलेट नेपालगंजमा पनि



काठमाडौं, फागुन२३ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१औं आउटलेट नेपालगन्जमा स्थापना गरेको छ। कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ ।

क्लासिकटेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा नेपालगंज आउटलेट उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। आउटलेटमा बिल्लिङ्, कस्टमरसपोर्ट, फाईबर स्टाफ र मार्केटिंग गरेर ४५जना स्टाफ राखिएको छ।

नयाँ आउटलेटबाट कम्पनीले नेपालगन्जका हरेक क्षेत्रमा आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ । आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनयकुमार अधिकारीले नयाँ शाखा सञ्चालनमा आएसँगै नेपालगञ्जका ग्राहकहरुलाई छिटोछरितो सेवा उपलब्ध गराउने बताएका छन् ।

कम्पनीले धमाकेदारअफर अन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ । जसका साथमा १५० टिभी च्यानलहरू र युट्यूबसमेत हेर्न सकिने सुबिधा रहेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्