Logo

आजको मौसम पूर्वानुमान



काठमाडौं, फागुन २३ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रहि अन्य पहाडी भेगको मौसममा समेत सामान्य बदली रहने जनाएको छ

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।आज देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्