Logo

विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै



काठमाडौं, फागुन २३ । आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । सरकार महिला हिंसाविरुद्ध कदम चाल्न संसद् अधिवेशन कुर्दैन, त्यसैले गत मंसिर महिनामै अध्यादेश ल्यायो भनेर प्रशंसा गर्न सकिने ठाउँ छरु लैङ्गिक समानताका पक्षमा काम गर्ने गरी नेताहरूले बोली र व्यवहार देखाएका छन्रु सरकारी तथा गैरसरकारी क्षेत्रमा महिलालाई नेतृत्वमा ल्याउने प्रयास सन्तोषजनक छरुयी प्रश्नहरूकै वरिपरि आजको १११औं अन्तर्राष्ट्रिय महिला दिवस घुम्ने देखिन्छ ।

राष्ट्रसंघीय निकाय यूएन विमेनका अनुसार आज विश्वका महिला कुनै पनि गाली, निन्दा, हिंसा र विभेदरहित किसिमले शान्तिपूर्ण भविष्य तथा समान अवसरको बाटो खोजिरहेका छन्– यसका लागि निर्णयका हरेक टेबुलमा महिलाको उपस्थिति हुनु आवश्यक छ ।

आज, ८ मार्चका दिन विश्वले मनाइरहेको नारी दिवसको नारा ‘नेतृत्वमा महिलास् कोभिड–१९ का बेला समान भविष्यको प्राप्ति’ रहेको छ । कोरोना महामारीले विश्वका महिला तथा किशोरी बढी प्रभावित छन् भन्ने निष्कर्षका साथ राष्ट्रसंघले यो नारा ल्याएको प्रस्ट छ । सार्वजनिक जीवन र निर्णयकर्ताका रुपमा महिला नरहेकै कारण महामारीका बेला उनीहरू बढी विभेद र समस्यामा परेको यूएन विमेनको निष्कर्ष छ ।

हालै प्रकाशित राष्ट्रसंघीय महासचिवको प्रतिवेदनले पनि लंैगिक समानताका लागि महिलालाई नेतृत्वमा ल्याउनु अनिवार्य ठहर गरेको छ ।नेपाललगायत विश्वका २२ मुलुकमा हालको अवस्थामा महिला राष्ट्रप्रमुख वा सरकार प्रमुख रहेका छन् । विश्वका संसद् सदस्यमा करिब २५ प्रतिशत संख्या महिलाको छ । यही गतिले महिला नेतृत्व तहमा पुग्ने हो भने लैंगिक समानताका लागि अर्को १ सय ३० वर्ष लाग्ने यूएन विमेन जानकारी गराउँछ ।

त्यसैले लैङ्गिक समानताका पक्षमा काम गर्न गति बढाउनुपर्ने ठहर उसले गरेको छ ।कोभिड महामारीका बेला महिलाले स्वास्थ्यकर्मी, वैज्ञानिक, हेरचाहकर्ता आदि बनेर अग्रस्थानमा काम गरेको तर पुरुषको तुलनामा ११ प्रतिशत न्यून पारिश्रमिक पाएको पनि यूएन विमेनले आफ्नो प्रतिवेदनमा जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्