Logo

मुक्तिनाथ बैंकका ग्राहकलाई होटल सबरीनामा छुट



काठमाडौं, फागुन २३ ।मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहकलाई बुढानिलकण्ठस्थित होटल सबरीनाका सेवा सुविधामा छुट दिने सम्झौता गरेको छ ।

सम्झौताले होटलको बसाई, खाना, बेबरेज, बेकरी तथा सोनामा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । बैंकले जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा पैसा नलाग्ने व्यवस्था गरेको छ । बैंकले मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थासमेत गर्र्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्