Logo

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)को सभा सम्पन्न



काठमाडौं, फागुन २३ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औंै वार्षिक साधारण सभामा बोल्दै मन्त्री ढकालले पर्यटकलाई नेपाल भित्र्याउन सहजिकरण गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै लेखेर पठाएको पठाई सकेको र छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने विश्वास बताएका छन् ।

सभाको प्रमुख वक्ताको रुपमा सेफ साहलाई नेपाल आमन्त्रण गरेको पाटा नेपालले पर्यटन प्रवद्र्धनको अभियानमा नेपाली रैथाले खानामार्फत विश्वव्यापी रुपमा प्रर्वद्वन गरेको भन्दै सम्मान समेत गरेको छ ।

सेफ साहले वेलायतको प्रतिस्ठित बिबिसी मास्टरसेफ द प्रोफेसनल्स् २०२० को उपविजेताको रुपमा सपलता पाएका थिए । सम्मान कार्यक्रममा शाहले पछिको परिवेषमा स्वास्थ्य सुरक्षा एवम् संस्कृति र खानाको आकर्षक गन्तव्यको रुपमा पहिचान स्थापित गराउन नेपालले खाना र आवासको सुनिश्चितता आवश्यक रहेको बताएका छन् ।

सभाले पूर्व पर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाईफटाइम अचिभमेन्ट’ अवार्ड, पाटा अन्तर्राष्ट्रियका सिइओ मारियो हार्डीलाई टुरिजम ट्रेल ब्लेजर अवार्ड, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट लाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० र सेलिब्रेटि सेफ सन्तोस साहलाई पाटा पर्सनालिटि अफ द ईयर २०२० अवार्ड प्रदान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्