Logo

प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता जोशी



काठमाडौं, २४ फागुन । काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन् ।

यती ग्रुपले आयोजना गरेको टुर्नामेन्ट ५ र ६ मार्च २०२१ मा सम्पन्न भएको थियो । प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए । प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एकपटक होल इन वान प्रहार गर्ने मौका पाएका थिए ।

जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्