Logo

नारी दिवसमा नबिल इन्भेष्टमेण्ट बैंकिगको विशेष छुट



काठमाण्डौ, २४ फागुन । श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले यही २०७७ सालको नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ ।

यो योजना अँग्रेजी महिना मकार्च अन्तिमसम्म रहने छ । शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।

बैंकको अनुसार विभिन्न व्यवसायमा रहनु भएका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्य लगानी व्यवस्थापन सेवा हो ।

बैंकका अनुसार निश्चित बार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अंग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्ताहरुलाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको छ ।

यो सुविधाबाट नेपालको शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुले यसको पूर्ण फाइदा लिने बैंकले आशा एवं विश्वास गरेको बैकले गरेको छ । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि«य स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेण्ट बैंकिंग र मर्चेन्ट बैंकिंग सम्बन्धि सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।



प्रतिक्रिया दिनुहोस्