Logo

नारी दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो विशेष छुट योजना



काठमाडौं, २४ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ ।
आजको विशेष दिनके अवसरमा १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि प्रदान गरेका बैंकले जनाएको छ ।

बैंकका अनुसार यसमा खाता खोल्ने ग्राहक बर्गहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको साथै मोबाइल बैकिङ्ग तथा भिजा कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । यो सेवा बैंकका देशभर रहेका ९५ शाखा कार्यालयहरुबाट बचत गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्