Logo

नारी दिवसमा विध ल्याबले ल्यायो विशेष छुट योजना



काठमाडौं, फागुन २३ । नेपाल सरकारबाट ए ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ।

स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो।यस्तै नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका परीक्षण ३ हजार रुपैयाँमै गरिने विध ल्याबले जनाएको छ।

त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण पाँच हजार रुपैयाँमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले बताए।



प्रतिक्रिया दिनुहोस्