Logo

जानको सभा सम्पन्न



काठमाडौं, फागुन २३ । नेपाल जाइका अलमनाई एशोसियसन (जान) को ४७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले मिलन पत्रिकाको समेत विमोचन गरेको छ ।

कार्यक्रममा नेपालका लागि जापानका कार्यवाहक राजदुत युजो योसिओका र जाइका नेपालका प्रमुख युमिको आसाकुमाले शुभकामना सन्देश राख्दै नेपाल र जापानको मित्रतालाई मजबूत बनाउन र जापानका प्रविधिलाई नेपालमा भित्र्याउने कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएकोले भविष्यमा समेत यसलाई निरन्तरता दिन अनुरोध गरेका छन्।

सभा जानका अध्यक्ष रामचन्द्र भुसाललको सभापतित्वमा सम्पन भएको हो । जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवानिबृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रकाप्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायिको सामाजिक संस्था हो ।

यस संस्थाले नेपाल सरकार तथा जापान सरकार बीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि नै क्रियाशिल रहि आएको जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्