Logo

आज सुन र चाँदीको मुल्य बढ्यो



काठमाडौं, २४ फागुन । आज नेपाली बजारमा सुन र  चाँदीको मुल्य सामान्य रुपमा बृद्वि भएको छ । सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, तेजाबी सुन आज ८५ हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । यसैगरी, महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बृद्धि भई १२ सय ६५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्