Logo

पूर्वराजा ज्ञानेन्द्रले हिन्दी जान्दिनँ भन्नु पाखण्डबाहेक केही हैन : पूर्वमन्त्री गुप्ता



काठमाडौं, २४ फागुन । पूर्वमन्त्री जेपी गुप्ताले पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको दार्जिलिङको भ्रमणको क्रममा पत्रकारसँग आफूले हिन्दी जान्दिन् भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले ज्ञानेन्द्रले हिन्दी जान्दिनँ भन्नु पाखण्डबाहेक केही पनि नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टिव्टरमा उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले भनेका छन्–”ज्ञानेन्द्रको दार्जिलिंगमा शिक्षा, भारतीय हिन्दी भाषीसंग नाता-संबन्ध, साधु-संतकोमा दौडाहा-यी सबै अतित हेर्दा “दार्जिलिंगमामा आई डोन्ट नो हिन्दी” भन्नु पाखण्ड बाहेक केही हैन। निम्छरो राष्ट्रवाद हो।हिन्दी प्रश्नको नेपाली वा अंग्रेजीमा पनि जवाफ हुन सक्छ।”



प्रतिक्रिया दिनुहोस्