Logo

कुमारी बैंकको ‘डिजिटल च्यालेन्ज योजना’, विजेताले आइफोन १२ पाउने



काठमाडौ, २४ फागुनं । कुमारी बैंकले नयाँ योजना ‘डिजिटल च्यालेन्ज’ संचालनमा ल्याएको छ । डिजिटल कारोबार प्रवद्र्धन तथा प्रयोग बढाउने उद्देश्यले यस योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये १ जना विजेताले आइफोन १२ प्राप्त गर्न सक्ने छन् । ५ जना भाग्यशाली विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ ।

‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ योजनाअन्तर्गत ग्राहकले ३ कार्य सम्पन्न गरे आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । बैंकका ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्ट प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनसक्ने जानकारी दिएको छ ।

कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकमध्ये ५ जना विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्नेछन् । कुमारी स्मार्ट प्रयोग गर्न ग्राहकले बैंकमा आफ्नो खाता खोलेको हुनुपर्छ । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिखदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्म मात्र लागू गरिएको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्