Logo

सेञ्चुरी बैंकको सखुवा प्रसौनीमा बैंकिङ सेवा संचालन



काठमाडौं, २४ फागुन । सेञ्चुरी कमर्सियल बैंकले पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देवरवानामा शाखारहित बैंकिङ सेवा संचालन गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन प्रदेश २ का सभासद् मन्जुर आलम र सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रूपमा गरेका हुन् ।

बैंकबाट शाखारहित बैंकिङ सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानीलगायत सेवा लिन सक्ने छन् । कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखा प्रमुख सुरेश साह उपस्थित थिए ।

हाल बैंकले १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्