Logo

प्रचण्डले नेकपाकै हैसियतमा निकाले विज्ञप्ती



काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसला आएपछि पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै हैसियतामा विज्ञप्ती निकालेका छन् । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दाहालले एकल हस्ताक्षरसहित नेकपाकै हैसियतमा आज विज्ञप्ती जारी गरेका हुन् । हिजोमात्रै सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा ब्युँताईदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्