Logo

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छः नेता भण्डारी



चितवन, २४ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए।

उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।” फरक प्रसङ्गमा उहाँले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे । रासस -File phot



प्रतिक्रिया दिनुहोस्