Logo

विप्लव र रेखा थापाबीच भेटवार्ता



काठमाडौं, २४ फागुन । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेटवार्ता गरेकी छिन् । सरकार र विप्लव समूहको नेकपाबीच तीन बुँदे सहमति भएपछि विप्लव हालै सार्वजनिक भएका हुन् । उनले अति महत्वपूर्ण भेटवार्ता गरेका छन् । उनले यसअघि गृहमन्त्री रामबहादुर थापा बादल, मोहन बैद्य, सिपी गजुरेल, ऋषि कट्टेल, आहुतिसँग भेटवार्ता गरेका थिए ।

विप्लवले किन काठमाडौं छाडे

नख्खु कारागारमा रहेका आफ्ना नेता हेमन्तप्रकाश वलीसँगपनि भेटवार्ता गरिसकेका छन् । यस्तै, विप्वलसँग नायिका तथा राप्रपा नेतृ रेखा थापाले पनि भेटवार्ता गरेको तस्विर बाहिरिएको छ । उनीहरुबीच के कुराकानी भयो ? भनेर खुलाईएको छैन् । तर, नायिका थापाले उक्त भेटमा राजनीतिक भन्दापनि व्यक्तिगत कुराकानी भएको प्रतिक्रिया दिएकी छिन् । यतिवेला विप्लव पार्टीकै काममा कपिलवस्तुमा छन् । उनले देशव्यापी रुपमा ठूला सभाको आयोजना गर्ने तयारी थालेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्