Logo

सांसद चौधरीलाई भारतमा ‘सिएआईटी अवार्ड फर वुमेन ईन्टरप्रेनरसिप’ अवार्ड प्रदान गरिँदै



काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी, नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाई भारतको प्रतिष्ठित अवार्ड ‘सिएआईटी अवार्ड’ प्रदान गरिने भएको छ ।

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सांसद चौधरीलाई आज एक कार्यक्रमको बीच उक्त अवार्ड प्रदान गर्न लागिएको हो । कन्फेडेरेशन अफ अल ईण्डिया ट्रेडर्सले जनाएअनुसार चौधरीलाई ‘महिला उद्यमशिलता र सशक्तिकरण’ को लागि महत्वपूर्ण भूमिका खेलेबापत उक्त अवार्ड प्रदान गर्न लागिएको ईभेन्ट कोअर्डिनेटर स्मिता अहुजाले जारी गरेको प्रेस नोटमा जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्