Logo

संसद्को पहिलो बैठक सेटिङमा चलेको प्रधानमन्त्री ओलीको टिप्पणी



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को पहिलो बैठक सेटिङमा चलेको आरोप लगाएका छन् । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले संसदको पहिलो बैठक सेटिङमा चलेको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’

प्रधानमन्त्री ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको दोहोर्याउँदै भने,‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो, तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने ?’



प्रतिक्रिया दिनुहोस्