Logo

कामना बैंकको डिबेन्चर रजिष्टारमा एनआइबिएल एस क्यापिटल



काठमाडौं, २४ फागुन । कामना सेवा विकास बैंक लिमिटेडको डिबेन्चर रजिष्टारमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । ‘९ प्रतिशत केएसबिबिएल डिबेन्चर २०८७’ निष्काशका लागि एनआइबिएल एस क्यापिटललाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको हो ।

नियुक्त भएको एनआइबिएल एस क्यापिटललाई डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने जिम्मेवारी बैंकले दिएको छ ।



प्रतिक्रिया दिनुहोस्