Logo

रिलायन्स फाइनान्सले गर्यो १० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, २४ फागुन । रिलायन्स फाइनान्सले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । शनिबार कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको अनुसार हाल कायम चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीमा वितरण हुने फाइनान्सले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्