Logo

गाँजासहित धुनिवेशीबाट दुई पक्राउ



धादिङ, २४ फागुन । गाँजासहित दुईजना पक्राउ परेका छन् । धुनिवेशी नगरपालिका–७ नौविसेस्थित सडकबाट करिब १ सय २१ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका(– बस्ने ३३ वर्षीय सुमन तामाङ समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले पालुङबाट नौविसेतर्फ आउँदै गरेको ना.४ च ६१३६ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरो चालक सुमन तामाङ सहित अन्य २ जनालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्