Logo

सर्वोच्चको फैसलामा नेताहरु पूनरावलोकनमा जाने सम्भावना म देख्दिन् : अधिवक्ता डा. भण्डारी



काठमाडौं, २४ फागुन । संविधानविद् डा. सुरेन्द्र भण्डारीले सर्वोच्चको फैसलामा नेताहरु पूनरावलोकनमा जाने सम्भावना आफूले नदेखेको सुनाए । उनले भने,‘अहिले मुलुक राजनीतिक असफलतातर्फ गयो, यो गर्न नेकपा नेताहरु जिम्मेवार छन् । मुलुकमा अब सफलतातर्फ जानको लागि नेकपाको विकल्प चाहिन्छ ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सर्वोच्चको हिजोको फैसलामा पूनरावलोकन हुनसक्छ कि सक्दैन् ? भन्ने कुरामा आफूले नेकपा पूनरावलोकनमा जाने सम्भावना नदेखेको सुनाए । उनले भने,‘नेकपा पूनरावलोकनमा जाँदैन होला। ओलीले हिजै निर्णय मान्छु भन्नुभएको छ । उहाँ रिभ्युमा जानुहुन्न । प्रचण्डजी पनि नेकपाको अध्यक्षको रुपमा मात्रै जान पाउनुहुन्छ । माओवादी केन्द्रको रुपमा होईन । रिभ्युमा जानको लागि प्राविधिक समस्या छ । रिभ्युमा गैहाले पनि स्टे–अर्डर दिने सम्भावना कम देखेको छु ।’

अदालतले एमाले र माओवादी केन्द्र मिलेर जाने भए एक भएर जानुहोस भनेको उल्लेख गर्दै भण्डारीले भने–‘तर, उहाँहरु एकताबद्ध भएर जाने अवस्था छैन् । संसद बैठक बहिष्कार गर्नु गलत हो । अध्यादेश त फेल गराएको भए भैहाल्थ्यो नि ।’ उनले फेरि संसद् विघटनमा मुलुक जाने सुनाए ।



प्रतिक्रिया दिनुहोस्