Logo

अदालतको फैसला कार्यान्वयन गर्नुपर्छ : अधिवक्ता नेपाल



काठमाडौं, २४ फागुन । अधिवक्ता महेश नेपालले अदालतले मागेको भन्दा बढि फैसला दियो भन्नुभन्दापनि अदालतको फैसला मान्ने कि नमान्ने भन्ने कुरा मुख्य भएको सुनाउँदै सबैले फैसला मान्नुपर्ने बताए ।  उनले भने,‘हिजोको फैसला निर्वाचनपछिको दलको स्थितिमा पुर्यो । यसले नेकपा एमाले, नेकपा माओवादी केन्द्रमा पुर्यायो। मागेको भन्दा बढि दियो भन्ने कुरा आयो, हामीले सर्वोच्च अदालतको फैसला मान्छौं कि मान्दैनौं भन्ने हो ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हिजोदेखिको भनाई हेर्दापनि विषम परिस्थिति फेश गर्छु भन्नेको सुनाउँदै भने,‘उहाँले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपनि विश्वासको मत लिन्छु भन्नुभएको छ ।’ उनले अहिलेको अवस्थालाई हेर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब एकीकृत पार्टीको रुपमा नयाँ नाम लिएर जाने स्थिति पनि नदेखिएको सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कुरा, माओवादी केन्द्रले फिर्ता लिएको अवस्थामा हो । उहाँ अब धारा ७६ (२) को प्रधानमन्त्री हो । विश्वासको मत लिनुपर्छ । लिन नसक्दा नयाँ प्रम खोजी हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्