Logo

सांसद चौधरी ‘सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्ड’ बाट‌ सम्मानित



काठमाडौं, २४ फागुन । १११औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य तथा नेपाल-भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई ‘सिएआइटि वुमन इन्टरप्रेनियरसिप’ अवार्डबाट सम्मान गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित् होटल ले मेरिडियनको सभा हलमा आयोजित एक कार्यक्रमकाबीच सांसद चौधरीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला शशक्तिकरण तथा महिला उद्यमशीलतामा विभिन्न तरिकाले काम गर्दै आएको हुनाले उनलाई उक्त अवार्डबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सांसद चौधरी विगत डेढ दशकदेखि व्यक्तिगत, राजनैतिक र संस्थागत रूपमा महिला शशक्तिकरणमा ठोस कार्यक्रमका साथ लागिरहेकी छिन् । उक्त अवार्ड कार्यक्रममा उपस्थित् हुन नसकेकी चौधरीले भर्चुअल माध्यमबाट अवार्ड ग्रहण गरेकी हुन् । अवार्ड ग्रहणसँगै सांसद चौधरीले आफूलाई उक्त सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरिन् । र, कार्यक्रममा उपस्थित् हुने चाहना हुँदा हुँदैपनि कार्यगत व्यस्तताले आफू उपस्थित् हुन नसकेको सुनाएकी थिईन् ।

साथै, उनले आफूले ग्रामीण महिलाहरुको उद्यमशीलता नै महिला शशक्तिकरणको मुख्य आधार रहेकोले आफ्नो ध्यान नै कसरी ग्रामीण तथा विपन्न महिलालाई सिपमुलक र उद्यमशील तालिम तथा सहयोगको उपलब्ध गराउने भन्ने रहेको बताएकी छिन् । साथै, उक्त समारोहमा सांसद चौधरीले कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले अब दक्षिण एसियाकै महिलाहरुलाई एकीकृत गरी समग्र भेग मै महिला उद्यमसिलतालाइ जोड दिनुपर्ने धारणा राखेकी छिन् ।

सांसद चौधरीलाई भारतमा ‘सिएआईटी अवार्ड फर वुमेन ईन्टरप्रेनरसिप’ अवार्ड प्रदान गरिँदै

नेपाल र भारतबीच पारस्परिक सम्बन्ध रहेकोले दुवै देशका महिला उद्यमीबीच पनि एउटा पुल बनेर दुवै देशका महिलाहरुको आत्मनिर्भरता र आर्थिक सम्मुनतीका लागि दुवै देशका यस्ता संस्थाहरुले मिलेर ठोस कदम चाल्नुपर्ने पनि सांसद चौधरीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्