Logo

धरहराको गजुर राख्ने गुम्बजको ढलान आज



काठमाडौं, फागुन २५ । काठमाडौंको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज सकिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले बताए ।

धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीको भनाइ छ । कन्सट्रक्सनका व्यवस्थापक श्रेष्ठले बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको बताए ।

अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् ।धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट, वाइरिङसहित फिनिसिङ भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्