Logo

माओवादी केन्द्रको बैठक बस्दै



काठमाडौं, २५ फागुन । सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका एक नेताका अनुसार उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने भएका छन् । बैठकमा आगामी सत्ता समिकरणबारे पनि छलफल हुने बताइएको ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्