Logo

अब एमालेलाई बलियो बनाउँछौं : भीम रावल



सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । आफूहरु एमालेमा फर्किएको सुनाउँदै उनले अब पार्टीलाई एकदम बलियो बनाउने पनि सुनाए । प्रस्तुत छ रावलसँगको कुराकानीको सम्पादित अंश :

तपाईँ एमालेको उपाध्यक्ष बन्नुभयो होईन ?

म पहिलेपनि थिएँ । अहिले अदालतले पूर्ववत अवस्थामा रहने भनेपछि म पनि पूर्ववत् आफनो पदमा रहेँ ।

अब केपी शर्मा ओलीलाई मनैदेखि अध्यक्ष मान्न सक्नुहुन्छ ?

यो कुनै व्यक्तिगत मामला थिएन । यो राजनीतिक विधि, पद्धती, प्रणाली, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानको एउटा अन्तरसंघर्ष थियो । पार्टीमा उहाँप्रति मेरो व्यक्तिगत ईष्र्या भाव, द्धेष आदि केही पनि थिएन । अब सर्वोच्च अदालतले यो जुन फैसला राजनीतिक रूपमा गर्यो, हामीले त्यसप्रति असहमति त जनाईनै सकेका छौँ । किनभने माग गर्दै नगरेको कुरामा प्रवेश गरेर फैसला गर्यो । तर, त्यो गरेपनि हामीले त्यसलाई स्वीकार गर्छौं । र नेकपा एमाले पूर्ववत अवस्थामा रहनेछ भनेर फैसला गरेपछि अब तत्कालिन् नेकपा एमालेको नवौं महाअधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीजी र अन्य नेताहरू, हामीहरू सबै अब एकठाउँमा हुन्छौँ । नेकपा एमालेलाई एकदम बलियो बनाउँछौँ । हाम्रो राष्ट्रिय स्वाधिनता, हाम्रो आफनो यो देशको अधिकारमाथि आघात पुर्याउने बाहृय तथा आन्तरिक सम्पुर्ण षड्यन्त्रलाई हामीले अब विफल पार्छौं ।

त्यस्तो दिन पनि आयो है भीम रावलजी, यहाँले फेरि केपी ओलीलाई नै अध्यक्ष मान्नुपर्ने भयो है ?

होईन, हिजोपनि उहाँ अध्यक्ष हुनुहुन्थ्यो ।

तपाईँले भन्नुभएको थियो–केपी ओलीलाई मैले कहिल्यैपनि स्विकार्दिन । उहाँ निरंकुश तानासाहा हो, र हामी गलत निर्णयको विरोध गछौ भन्नुभएको होइन ?

तपाईलाई म स्मरण गराउँछु । जुन÷जुन निर्णयहरूमा मैले भनेजस्ता व्यवहारहरु देखिए, जुन÷जुन निर्णयहरू पार्टीको विधिसम्मत देखिएनन । त्यहाँ÷त्यहाँ मैले त्यो प्रश्र उठाएको थिएँ । र अहिलेपनि म भन्छु । उहाँ नेकपाको नवौं महाअधिवेहनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । म पनि त्यही महाअधिवेहनबाट अत्यधिक मतले निर्वाचित उपाध्यक्ष थिएँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री भएको थिएँ । त्यसकारण उहाँ र मेरो लामो समय संगत भएको कुरापनि तपाईँ स्मरण गनुहोस् । कुरा के मात्रै थियो भने कतिपय विषयहरूमा हाम्रा मत–मतान्तर थिए । र त्यो मतमतान्तर तर चर्किदै यतिसम्म पुगेको थियो भने जहाँ तपाईले भनेका जस्ता शब्द प्रयोग गर्नुभएको थियो । तर सर्वोच्च अदालतले फेरि नेकपा एमाले यथावत रहन्छ भनेपछि त हामी अब एक ठाउँमा जान्छौँ । हाम्रो नीति छन् । प्रणाली छन् । घोषणा छन् । सिद्धान्त छन् । विधि छन् । प्रक्रिया छन् । अब त्यो कुरामा अगाडि बढ्छौ । व्यक्तिगत रुपमा उहाँसंग मेरो केही पनि छैन । पार्टीको उहाँ अध्यक्ष हो । म उपाध्यक्ष हो । अरूपनि उपाध्यक्ष हुनुहुन्छ । हामी बृहत्त राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्छौं ।

तपाईँहरूको लागि पद ठुलो कुरा भयो होईन, किनभने तपाईको पद जाने भयो ? केपी शर्मा ओलीलाई तपाईले साथ नदिँदाखेरि त तपाईको पद नै जाने भयो नि त ?

तपाईँको कुरा पुर्णरूपमा गलत हो ।

ओलीलाई साथ नदिएमा तपाईँको सांसद् पद पनि जान्छ नि त ? त्यसैले केपी ओलीलाई साथ दिनुको विकल्प छैन ?

तपाईँले जे शब्द प्रयोग गर्नुभयो, त्यो शब्द अहिलेको राष्ट्रिय राजनीति, सर्वोच्च अदालतको फैसलासम्मत छैन । यहाँ भीम रावलको मात्रै प्रश्र छ र ? तत्कालिन् नेकपा एमालेबाट निर्वाचित संख्या हेर्नुहोस न । संघको संख्या हेर्नुहोस् । प्रदेशको संख्या हेर्नुहोस् । जनसंगठनको हेर्नुहोस के छ ? भीम रावलको मात्रै प्रश्र हो यो ? नेकपा एमालेलाई सर्वोच्च अदालतले राजनीतिमा प्रवेश गरेर यस्तो काम गरिसकेपछि । कम्युनिष्ट आन्दोलनलाई कसरि जोगाउने ? व्यक्ति भनेको अजर अमर छ र यो दुनियाँमा ? छैन नि । त्यसकारणले यहाँ कुनै व्यक्तिप्रतिको विरोध र समर्थन होईन । यहाँ प्रश्र के हो भने ? सर्वोच्च अदालतले एमालेलाई एकै ठाउँमा राखेपछि हामी सबै यथावतमा आयौं ।

तपाईँले भन्नुभएको थियो नि–केपी ओलीको अहंकार र निरंकुशताको विरोधमा हामी एक भएर लड्छौ । उहाँलाई सरकारबाट हटाउन हामी जस्तोसुकै कदम चाल्न तयार छौ भनेर ?

तपाईँले एक पक्षको कुरामात्रै गर्नुभयो । मेरो पक्षबाट या हाम्रो पक्षबाटमात्रै कुरा सुन्नुभयो तपाईँले ? अर्को पक्षको कुरा सुन्नुभएन ? अन्तरविरोध जब हुन्छ नि । त्यहाँ अपशब्द पनि प्रयोग गरिएका छन नि, त्यहाँ पनि तर त्यो एउटा चरण थियो । त्यो चरणको सर्वाेच्च अदालतको फैसलाबाट कटाक्ष भएको छ । अब हामी नयाँ चरणमा प्रवेश भएका छौ ँ। त्यो नयाँ चरणमा तत्कालिन् नेकपा एमालेबाट तयार गरेका नीति, विधि, सिद्धान्त र प्रक्रियाबाट अगाडि बढेर यो नेकपा एमाले भनेको तपाईँ स्मरण गर्नुहोस । हजारौं लाखांै व्यक्तिको रगत पसिनाबाट तयार भएको छ । यहाँ कसैको पद जोगाउन र फाल्ने भन्ने प्रश्र छैन यहाँ । यो एउटा प्रकृया हो । विधि हो । आन्दोलन हो यो । यसले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लागि मेरुदण्ड काम गर्दै आएको छ । अब हामी फेरी पुनः त्यही बाटोमा कसरी लैजाने भन्ने र यो कम्युनिष्टहरूको विरूद्धमा देशी÷विदेशी शक्तिले जसरी षड्यन्त्र गर्ेका छन, त्यसलाई विफल पारेर फेरी नेपाली जनताको मन र मस्तिष्कमा गाढा रूपमा बसेर यो राष्ट्रलाई नेतृत्व कसरी सकिन्छ ? भन्ने हाम्रो त अब त्यो प्रकृया आरम्भ हुन्छ ।

अब माधवकुमार नेपाल, झलनाथ खनाल र तपाईँ प्रधानमन्त्रीसामू निरीह हुनुभयो होईन ?

तपाईँको त्यो शब्द शतप्रतिशत गलत छ । हामी उहाँको अगाडि निरीह भयौं अनि उहाँ कसको अगाडि निरीह हुनुभयो त ? यस्तो प्रश्न के हो भने अन्तरविरोध चर्काउनको लागि गरेको प्रश्न हो ।

तर, अन्तरविरोध त चर्किराखेको छ नि भीम रावलजी तपाईँहरुको ?

थियो । एउटा चरणमा थियो । अब तपाई हेर्दै जानुहोस् अन्तरविरोध चर्किने होईन । अब त्यो विस्तारै÷विस्तारै समाधान हुँदै जान्छ । एउटा कुरा हो तितो सत्य तपाईँले भनेको एउटा यस्तो चरण आयो जसलाई हामीले अन्तरविरोध हामीले व्यवस्थापन गर्न सकेनौं । गत तपाईलाई स्मरण गराउँछु । भदौ २६ गते स्थायी कमिटीको बैठकबाट महत्वपुर्ण निर्णय गरेर त्यसलाई समाधान गर्ने प्रयास अवश्य गरेका हौं । तर, हाम्रो त्यो प्रयासले पनि अन्ततः सफलता हाँसिल गर्न सकेन । अब ईतिहासका ती सम्पुर्ण पाठहरू सिकेर कुन व्यक्ति कुन पदमा जान्छ भन्ने कुरा होईन, नेकपा एमाले हामीले विगतमा जसरी सञ्चालन गरेका थियौं । विधि र प्रणालीबाट यसलाई एउटा सशक्त नेपालको राजनीतिक संघठनको रुपमा हामीले अगाडि बढाउने छौ । अब हामी सबै वामपन्थीहरूसंग मिलेर सशक्त रुपमा राष्ट्रिय हित विपरित हुने कुनै पनि क्रियाकलापको विरूद्वमा शतिसालजस्तो भएर अगाडि बढ्ने संकल्पसहित २००६ सालमा जुन कम्युष्टि पार्टीको स्थापना भयो । नेकपा एमाले जसरी अगाडि बढायो । मदन भण्डारीजस्ता नेताले जसरी देशको लागि बोल्दा दासढुङगामा आफनो प्राणको आहुति दिनुपर्यो । हामी सम्पुर्ण ईतिहाँसलाई दृढ्तापुर्वक अगाडि बढाउँछांै । प्रधानमन्त्री केपी शर्मा ओलीजी उहाँ अध्यक्ष हुनुुहुन्छ । अध्यक्षको हैसियतले म उहाँलाई अवश्य पनि सम्मान गर्छु । नीति, विधि र प्रक्रियामा हामीले पार्टीमा बहस जहिलेपनि गर्छौ । राष्ट्रको हितमा आएका कुराहरुको समर्थन गर्छौ । कुनै कुरा नमिल्ने देखियो भने अवश्य त्यहाँ बहस गर्छौ ।

तपाईँले त प्रधानमन्त्रीलाई तपाईको पार्टी के हो भनेर सोध्नुभएको थियो । उहाँले मेरो आफनो पार्टी अदालतले फैसला गरेको पार्टी हो भन्नुभएको छ । तपाईँको प्रश्रनको उत्तर दिनुभएको छ ? यसमा तपाईँको भनाई के छ ?

त्यो मेरो प्रश्र कि त सञ्चारमाध्यम कसैले बुझेनन् । कि त बुझपचाउने कोशिष गरे । मैले भनेको के थिएँ भने जब यत्रो लामो प्रतिनिधिसभा स्थिापित भएर आईसकेपछि त्यो दिन त पार्टीका नेताहरुले बोल्नुपर्दथ्यो । कहाँ त्रुटी भयो कसरी यो विघटन भयो ? संसद् पनि पुनःस्थापित भयो । भनेर बोल्नु पथ्यो । दोस्रो हाम्रो प्रतिनिधिसभा र संसद्को परम्परा के हो भने बहालवाला कुनै सदस्यको निधन भैसकेपछि । त्यो दिन पहिले बैठकमा श्रद्धाञ्जली अर्पण गर्ने हो । अरु कुनैपनि कार्यक्रम नहुसन हाम्रो परम्परा हो । तर यहाँ के गरियो माथि राष्ट्रपतिबाट प्राप्त निर्णय पढेर सुनाउने भनियो । त्यसपछि गएर सरकारका सारा विधेयकहरु ल्याईयो । जबकी कतिपय विधेयकहरु विगतमा बहसमा छन । छलफलमा छन । अनि तल आएर अन्तिममा श्रद्धाञ्जली राखियो त्यसकारणले गर्दा प्रश्न के गरेको थिएँ भने प्रधानमन्त्रीजी अब कुन पार्टीका हुनुभयो त ? किनभने नेकपालाई सर्वोच्चले विघटन गरेको भनिसक्यो । हिजो ७६ १ अनुसार उहाँ प्रधानमन्त्री हुनुभएको हो । अनि ती कुराहरुमा प्रवेशनै नगरीकन कुनै टुङ्गो नै नलागिकन श्रद्धाञ्जली गनेसभामा सरकारका कार्यसुचिमा सरकारको कामकारबाही किन ल्याउनुभयो ? मैले प्रश्न त्यसरी गरेको थिएँ । कसले कसरी बुझयो यो लोकतन्त्रमा बुझन्न पाईन्छ हेर्नुहोस् । कसैले आलोचना गरेभने पनि म त प्रखर मान्छे मलाई केही हुनेछैन ।

प्रधानमन्त्रीले त संवैधानिक नियुक्तिको विधेयक अगाडि बढ्छ यसलाई रोक्ने को छ ? भन्नुभएको छ अब तपाईँ के गर्नु हुन्छ ?

म तपाईँलाई स्मरण गराउँ सर्वोच्चले एउटा नेपाल कम्युष्टि पार्टी फेरी तिमी जिवित हौ । फेरी तिमी त्यहीँ जाउँ भनेको छ । यद्धपी गर्वबाट जन्मिसकेको बच्चा बाहिर फेरि गर्भमा जाँदैन भन्नेकुरा त्यो फैसला गर्ने व्यक्तिहरुले बुझ्नु पर्थो । हामीले त्यसैले असहमति जनाएका हो त्यो अब भई नै हाल्यो । हामीले त्यसलाई अस्वीकार गरेका छैनौँ । अब चाहे विधिको कुरा गर्नुहोस, चाहे नीतिको कुरा गर्नुहोस, चाहे राष्ट्रका अरु विषयहरुको कुरा गर्नुहोस, कसरी जाने भन्ने कुरा त एमालेको बैठकले तय गर्छ नि ।

त्यसो भए तपाईँ केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्याक्ष मानेर त्यही पार्टीमा रहनुहुन्छ ?

तपाईँको शब्द नै गलत छ । हाम्रो पार्टी हो । हामीले सिर्जना गरेको, हामीले निर्माण गरेको र त्यो नेकपा एमाले जब माओवादी केन्द्रसँग एकीकरण भयो । त्यो बेलामा त्यो पार्टीको उपाध्यक्ष थिएँ । त्यो कुरा राम्ररी सम्झना होला नि । त्यो पार्टीको उपाध्यक्ष हैसियतले त्यो बेला अरु साथीहरु पनि हुनुहुन्थ्यो । पार्टीका अध्यक्षले स्वभाविक रुपमा पहल गर्नुभयो । हामी सबै वामपन्थी एक भएर एक देशभक्ति सशक्त समाजवादउन्मुख बाटोतिर हामीले निर्णय गरेका हौ । त्यसकारण कुनै एमालेमा गएका होईनांै । हामी स्वतः जहाँ थियांै, अदालतले भनेको हुनाले त्यहिँ थियौं । यसरी बुझनुहोस न ।

त्यसो भए केपी शर्मा ओली प्रधानमन्त्री भइरहनु हुन्छ, होईन त ?

यो पार्टीले निर्णय गर्छ । यो म तपाईलाई म दोहोर्याएर भन्छु । चाहे मेरो कुरा गर्नुहोस्, चाहे यहाँको कुरा गर्नुहोस् । जो सुकैको कुरा गर्नुहोस यो पार्टी प्रणाली हो । उहाँ पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँको स्वभाविक रुपमा पार्टीमा उहाँको भुमिका हुनेनै छ । र, हामी पनि पार्टीमा जो जुन स्थानमा छौँ, पार्टीभित्र त्यहीँ त्यहीँ स्थानमा हुनेनै छौ । हामी अनुसारको भूमिका हुुनेनै छ । हाम्रो उद्देश्य अब के हुन्छ भने अहिलेसम्म जे/जस्तो भएता पनि भोलिको दिनमा अब हामी विगतबाट पाठ सिकौँ । देशको वामपन्थी आन्दोलनको लागि र देशको हितका लागि हामी एक ठाउँमा जानेर भोलिका सकारात्मक सम्भावनाहरुलाई अगाडि बढाउने र नकारात्मक कुराहरुलाई पछाडि छोड्ने हो । फराकिलो छातिका साथ राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्ने र ७० बर्ष लामो कम्युनिष्ट आन्दोलनलाई कुनै पनि प्रकारको धब्बा र आँशु नआओस ।

 

 



प्रतिक्रिया दिनुहोस्