Logo

ऋषि कट्टेलले भनेः पार्टीको विजय भएको छ, दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजना असफल (विज्ञप्तिसहित)



काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतको फैसलाले दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजनालाई असफल पारिदिएको टिप्पणी गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचन आयोगमा जर्बजस्तीरुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ता गरिएकोमा खारेज गरिदिएको भन्दै सर्वोच्चले असफल पारिदिएकोमा स्वागत गरेका छन् ।

‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिस्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ,’ ऋषि कट्टेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले शक्तिको उन्मादमा नेकपा एमाले र माओवादी केन्द्रले आफैले बनाएको संविधान र कानुन विपरित निरंकुश सर्वसत्तावादी लाद्न खोजेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम