काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको छ । आजको बैठकमा शोक प्रस्ताव पारित गरेको थियो । बैठक सुरु भएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले शोक प्रस्ताव वाचन गरेका थिए । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको हो ।

आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो । त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठक बस्नुअघि नै संसद् भवन पुगेका थिए । तर, बैठक बस्न ढिला हुने थाहा पाएपछि केही बेर बसेर बाहिरिएका थिए । File Photo/ReportersNepal




प्रतिक्रिया