Logo

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार चैत्रबाट



काठमाडौं, २६ फागुन । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार चैत्रबाट हुने भएको छ । यी दुई लघुवित्तलाई मर्जरको लार्गि गत पुस ९ गते नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन २३ गते स्वीकृति पाएका यी दुई कम्पनीको चैत्र ८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ । माघ ४ गते दुई कम्पनीको सम्पन्न भएका छुट्टाछुट्टै वार्षिक साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेका हुन् ।

कम्पनीको अनुसार मर्जरपछि कम्पनीको नाम एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान इटहरी उपमहानगरपालिका वडा नं ९, सुनसरीमा जिल्लामा रहने छ ।



प्रतिक्रिया दिनुहोस्