काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा आयोजित बैठकमा नेताहरुले वामपन्थीहरुको सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकबाट बाहिरिने क्रममा नेता रघुजी पन्तले यस्तो जानकारी दिएका हुन् ।
उनले भने,‘आजको बैठकमा वामपन्थीहरुको सरकार बनाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ । जुन परिस्थिति उत्पन्न भएको छ, त्यसले तत्काल पार्टी एकता सम्भव होला वा नहोला। हामी ठूलो पार्टी भएकोले वामपन्थहिरुसँग एकता गर्नुपर्छ । एकताको लगि प्रयत्न गर्नुपर्छ । वाम मोर्चा पनि बनाउनुपर्छ । वामपन्थीहरुकै सरकार बन्नुपर्छ र टिक्नुपर्छ । अब विभिन्न कोणबाट छलफल भैरहेको छ । नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ । पार्टीको एकता, जनताको हितलाई सर्वोपरि गर्नुपर्छ ।’
उनले आज सुदुरपश्चिम प्रदेशमा आज जे घट्ना भयो त्यो दुःखद् भएको उनको टिप्पणी छ । उनले भने,‘आज कैलालीमा जे घट्ना भयो, त्यो दुःखद् भयो । अदालतको फैसलाअनुसार अब हामी पनि पार्टी कार्यालय धुम्बाराही जान्छौं । हिजोको सम्पूर्ण कमिटी पूनःस्थापना भयो ।’ उनले नेकपा माओवादीमात्रै नभएर अब सबै वामहरुको साझा सरकार बनाउनुपर्ने पनि बताए ।




प्रतिक्रिया