Logo

आफ्ना नागरिकलाई १९ खर्ब डलरको राहत बाड्दै अमेरिका



एजेन्सी, २७ फागुन। अमेरिकाले आफ्ना नागरिकलाई १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई प्रदान गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको हो ।

बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। संसदका दुबै सदनबाट आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन् ।उनले पारित भएको विधेयकमा शुक्रबार हस्ताक्षर गर्ने बताइएको छ।

यसअघि गत शनिबार माथिल्लो सदन सिनेटबाट राहत प्याकेज पारित भएको थियो। प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो। जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक दुबै सदनबाट आफ्नो प्रस्ताव पारित गराएका छन्।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ। यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।-दृष्टिबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्