Logo

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



त्रिशूली, २८ फागुन: नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने वा प्र.०२–०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्