प्रचण्ड आज बुटवल जाँदै


काठमाडौं २८ फागुन। । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् । राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न प्रचण्ड रुपन्देही जान लागेका हुन् ।सम्मेलनमा दाहाल सहित नेकपा (एमाले) का नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।

दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीका अनुसार सम्मेलनमा देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल आइपुगेको जानकारी दिए । उनका अनुसार सम्मेलन तीन दिनसम्म चल्नेछ ।-दृष्टिबाट/File Photo