काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको बैठक बसेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, नेता प्रकाशमान सिंहस र युवा नेताहरु गगन थापा, प्रदीप पौडेल पनि सहभागी थिए । उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनैपनि हालतमा सहकार्य नगर्ने र जसपालाई पनि आफूहरुकै गठबन्धनमा ल्याउनेबारे छलफल भएको बुझिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेकै दिन पौडेल पक्ष रणनीति बनाउनको लागि छलफलमा जुटेको हो । आजको छलफलमा प्रधानमन्त्री ओलीले संविधानविपरीत काम गर्दै आएकोले आगामी दिनमा पनि उनीसँग सहकार्य गर्न नसकिने निश्कर्ष निकालेको छ ।
सभापति देउवाले कतै प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न खोजेको हो कि भनेर कांग्रेस नेता तथा कार्यकर्ताहरुको तहबाट आलोचना भैरहेकोले पौडेल पक्षका नेताहरुले अब ओलीसँग कुनै सहकार्य नगर्ने निचोड निकालेका छन् । सभापति देउवाले आज अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक राखेका छन्। उक्त भेलाअघि पौडेल पक्षका नेताहरू छलफलमा जुटेका हुन्। File Photo




प्रतिक्रिया