Logo

अक्टोपसले आफ्नो खुट्टाबाट प्रकाश देख्न सक्छ



अनुसन्धानकर्ताहरुले यो पत्ता लगाएका छन् कि जब अक्टोपसका आँखाहरु अँध्यारोमा हुन्छन् त्यति बेला ति अक्टोपसहरुले आफ्नो खुट्टाबाट देख्छन् । जब अक्टोपसका खुट्टाहरुले प्रकाश पाएको थाहा पाउँछन् तब त्यस्का ८ वटा खुट्टाहरुले आफ्नोे शरीरका अंगहरुलाई नजिकतिर तान्छ । किनभने यिनीहरु कम संवेदनशिल हुन्छन् । तर पनि आफुलाई शिकारीबाट बचाउँछन् ।

अन्य कामको लागि भने प्रयोग हुदैनन् । वैज्ञानिकहरुसंग अक्टोपसका खुट्टाहरुले प्रकाशसंग प्रतिक्रिया गर्छ भन्ने बारेमा लामो ज्ञान छ । अक्टोपसको छाला पिग्मेन्टले भरिएको हुन्छ । जसलाई क्रोम्याटोफोर भनिन्छ । यसले जब अक्टोपोस प्रकाशमा देखा पर्दछ तब रगं परिवर्तन गराउँछ ।

क्रोम्याटोफोर अक्टोपसको छलावरण रगं परिवर्तन गर्न जिम्मेवार हुन्छ । अक्टोपसका खुट्टाहरुमा क्रोम्याटोफोर हुने हुँदा यसले प्रकाशसँग सिधा प्रतिक्रिया गर्छ र देख्न सक्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्